नियम ६
स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था
(१) पीडकले पीडितलाई शारीरिक चोटपटक वा मानसिक यातना दिएको व्यहोरा उजुरीमा उल्लेख भएमा उजुरी सुन्ने निकायले त्यस्तो पीडितलाई तत्काल् स्वास्थ्य परीक्षणको लागि नजिकको वा पायक पर्ने अस्पताल वा स्वास्थ्य केन्द्रमा अनुरोध गरी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्वास्थ्य परीक्षणको लागि अनुरोध भई आएमा त्यस्तो अस्पताल वा स्वास्थ्य केन्द्रले तत्काल् पीडितको उपचार गरी जाँच लगायत स्वास्थ्य परीक्षण सम्बन्धी प्रतिवेदन सम्बन्धित उजुरी सुन्ने निकायलाई दिनु पर्नेछ ।